अदालतको आदेशपछि पनि रोकिएनन् बालेन, टुकुचा उत्खनन् कार्य जारी ! सही कि गलत ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाटन उच्च अदालतको आदेशको बाबजुद पनि टुकुचा उत्खनन कार्यलाई निरन्तरता दिएको छ ।

आज कमलपोखरी क्षेत्रमा टुकुचा उत्खनन् भइरहेको छ । महानगरपालिकाको डोजरसहितको टोलीले सोमबार हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।

महानगरले यसअघि जयनेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना तत्काल नहटाउन अल्पकालीन आदेश दिएको थियो । तर, महानगरले अदालतको आदेश उल्लंघन गर्दै आज पनि आफ्नो काम जारी राखेको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी आफूले नपाएको बताए । उनले भने, ‘अदालतले के निर्देशन दिएको हो त्यसबारेमा हामीलाई जानकारी छैन । बाहिर आएको कुरा सही हो कि गलत हो भन्ने जानकारी पत्र नआइकन भन्न सकिँदैन । ’

उनले अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अदालतको सम्मान आफूहरुले गर्ने बताए ।टुकुचाको अतिक्रमण हटाउनका लागि महानगरले अहिले कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिकै डोजर चलाइरहेको छ ।

Leave a Reply

Your email address will not be published.