सुन चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा करोबार भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । आज प्रतितोला पाँच रूपैयाँ बढेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

सिक्लेस हाइड्रोपावरको आईपीओमा १५ लाख बढीको आवेदन, एक लाखले मात्रै शेयर पाउने

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १५ लाख बढीको आवेदन परेको छ ।

कम्पनीको आईपीओ आइतबार साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ५ हजार ८०० जनाले मात्रै कम्पनीको शेयर पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published.