हर्क साङपाङलाई साढे पाँच लाख जरिवाना, बालेनलाई कति ?

काठमाडाैं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज (साङपाङ) राईलाई रु.पाँच लाख ५० हजार जरिवाना तोकेको छ।

निर्वाचन आयोग ऐन, २०७३ अनुसार उम्मेदवार खर्च विवरण नबुझाएको बन्दै आयोगले जरिवाना तोकेको हो। जरिवाना नबुझाए कानूनी कारबाही हुने आयोगले जनाएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा साङपाङ स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।

त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई निर्वाचन आयोगले साढे सात लाख रुपैयाँ जरिवाना गरेको छ।

निर्वाचन खर्च विवरण नबुझाएका महानगरका मेयर र उपमेयरका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको हो। काठमाडौंका महानगरका मेयर बालेनले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन्।

त्यस्तै, ६ वटा महानगरमध्ये पाँच वटा महानगरका मेयर पनि जरिवानामा परेका छन्। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन्।

विराटनगर महानगरका मेयर नागेश कोइराला, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, भरतपुर महानगरकी मेयर रेणु दाहाल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई पनि आयोगले साढे सात लाखका दरले जरिवाना गरेको छ।

आयोगले खर्च विवरण नबुझाउने महानगरका मेयर र उपमेयरका २०८ जना उम्मेदवारलाई साढे सात लाखका दरले जरिवाना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *