ललितपुर महानगर पनि लाग्याे बालेनकै बाटाेमा दियाे ३५ दिने अल्टिमेटम !

काठमाडाैं । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

महानगरपालिका कार्यालयले असोज ५ गते सार्वजनिक सूचना निकालेर नक्शा स्विकृत नगरी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो। तोकिएको समयभित्र नहटाए कानून बमोजिक कारबाही गर्ने महानगरले चेतावनी दिएको छ।

नक्शा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फूटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप,

टप, रयाम्प, सिंढी लगायतका संरचना हटाउनुपर्ने‚ नक्शा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्विकृत लिए पनि अन्य प्रयोजनमा प्रयोग भए हटाउनुपर्ने छ।

निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो 

निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

आयोगले मंगलबार जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्नेगरी कार्यालय रहने स्थान निर्धारण गरेको हो ।

कार्यविधिबमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *