सशस्त्र प्रहरीमा जागिरकाे अवसर, निरीक्षकसहितका पदमा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले निरीक्षकसहितका पदमा आवेदन आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आज सार्वनजिक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षकतर्फ साधारण उपसमूह र कानुन उपसमूह तथा सशस्त्र प्रहरी सहायक नीरिक्षक (साधारण उपसमूह)तर्फ आवदेन आह्वान गरिएको छ ।

उमेर पुगेका योग्य नेपाली नागरिकले आजदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

परिचय पाटीको शुल्क बुझाउन महानगरको ३० दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले परिचय पाटी राखे वापतको रकम कर बुझाउन निर्देशन दिएको छ । आज सार्वजनिक सूचना जारी गर्दै ३० दिन भित्र तोकिएको रकम बुझाउन महानगरले निर्देशन दिएको हो ।

तीस दिनभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने पनि चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published.