सुनचाँदीको भाउमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । साताको अन्तिम कारोबार दिन, सुनचाँदीको भाउमा उच्च वृद्धि भएको छ । असोज ७ गते, सुन तोलामै एक हजार रुपैयाँले महंगिएको छ । सुनको भाउ निरन्तर दोश्रो दिन बढोत्तरी भएको हो । चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी,तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस साता सुनको भाउमा उतार चढाव रहिरह्यो । एक सातामा सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसयता सुनको भाउमा निरन्तर उतारचढाव देखि नै रह्यो । तर दुई दिनमै सुन प्रतितोला एक हजार ५०० रुपैयाँले महंगिएको छ । बिहीबार सुन प्रतितोला ५०० रुपैयाँले उकालो लाग्दा ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि सुन तोलामा १५ रुपैयाँले महंगिदा एक हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस साता चाँदी प्रतितोला ३० रुपैयाँले बढोत्तरी भएको छ । अघिललो साताको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ तोकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.