रेल चढेर तीनकौरिया पुगे एमाले अध्यक्ष ओली

जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रेल चढेर तीनकौरिया पुगेका छन् ।

विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टी एमालेमा प्रवेश गराउन आज जनकपुर आएका ओलीले जनकपुर–जयनगर रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया पुगेका हुन् ।

टिकट किनेरै उनी महिनाथपुर स्टेशनसम्म रेल चढेर तीनकौरिया पुगेका हुन् । खासगरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियालगायन नेता–कार्यकतालाई एमाले प्रवेश गराउन ओली आज यहाँ आएका हुन् ।

एमाले प्रवेश गर्न लागेका अरगरिया केही समयअघि एमालेमुक्त मधेश अभियानका हर्ताकर्ता भनेर समेत चिनिन्छ । उनै अरगरियाले अन्तिममा एमाले नै रोजेका छन् ।

न्युरोड जाने सवारीसाधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

आजदेखि फूलपातीसम्म न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

न्युरोडमा हुने सवारी जाम कम गर्न आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आजदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तो छ सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *