ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत कारोबार दिनभन्दा तोलामा १ हजार रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रुपैयाँले घढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भिभोको वाई २२ एस र वाई १६ स्मार्टफोन सार्वजनिक, के छन् विशेषता ?

भिभोले वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू नेपाली बजारमा सार्वजनिक गरेको छ । भिभोले वाई २२ एस र वाई १६ सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित रहेको भिभोले जनाएको छ ।

पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन रहेको छ ।

नेपालमा वाई सिरिजले धेरै माया पाएको र युवाहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको भिभो नेपालका सीईओ माइकलले बताए ।

“प्रयोगकर्ताहरूले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौँ,”

उनले भने, “स्टाइलिस डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई १६ र वाई २२ एस ग्राहकहरूको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ ।”

वाई २२ एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ ।

वाई २२ एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५ हजाार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ ।

यो ५० एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८ एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्युटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्बिरहरू लगातार क्लिक गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको कम्पनीको भनाइ छ ।

वाई १६ ले केही प्रभावशाली स्पेसिफिकेसनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई १६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४ जीवी र्याम र ६४जीबी रोम भेरियन्टमा आउँछ ।

यसमा भएको मिडियाटेक हेलियो पी ३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ ।

वाई १६ मा क्यामेरा सेटअपले अझ बढी आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक सटहरू रहेका छन् ।

वाई २२ एसको मूल्य २७ हजार ९९९ रुपैयाँ र वाई १६ को मुल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *