राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सरकारले मासिक ५० हजार भत्ता दिने

काठमाडाैं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ।

यसअघि उनलाई मासिक २५ हजार रूपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रूपैयाँ भत्ता दिँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री कार्कीले भने।

शताब्दी पुरूष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाह गर्न सरकारले एक जना नर्स खटाउने

शताब्दी पुरूष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सकारले एक जना नर्स उपलब्ध गराउने भएको छ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

संस्कृतिविद् जोशी पछिल्लो समय स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना भएका छन्। जोशीलाई डेंगी भएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *