राष्ट्रपति कार्यालयले किन पठायो प्रधानमन्त्रीलाई असन्तुष्टिको पत्र ?

काठमाडौं । सरकारले गरेका निर्णयहरू राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियमित जानकारी नगराएको भन्दै राष्ट्रपति कार्यालयले वर्तमान सरकारको ध्यानाकर्षण गराएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदले गरेको निर्णयहरू राष्ट्रपतिलाई जानकारी नदिएकामा राष्ट्रपति कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र नै लेखेर ध्यानाकर्षण गराएको हो ।

‘नेपालको संविधान २०७२’को धारा ८१ मा भएको व्यवस्थाले मन्त्रिपरिषदले गरेका निर्णयहरू राष्ट्रपतिलाई नियमित जानकारी गराउनुपर्ने भए पनि त्यससअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले चासो व्यक्त गरेको पाइएको छ ।

मन्त्रिपरिषदका निर्णय, संघीय संसदमा पेश गरिने विधेयक र नेपालको समसामयिक परिस्थितिलगायत विषयवस्तुबारे राष्ट्रपतिलाई नियमित र समयमै जानकारी गराउनुपर्ने व्यवस्था संविधानको धारा ८१ ले गरेको छ ।

अन्य केही विधेयकहरूबारे सम्बन्धित मन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको भए पनि पछिल्लो पटक पेचिलो बनेको नागरिकता विधेयक संसदमा पेश गर्नुअघि राष्ट्रपतिलाई जानकारी नदिइएको राष्ट्रपति कार्यालयको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *