मलाई प्रधानमन्त्री बन्न अहिले पनि अफर छ:प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गरेका छन् । प्रचण्डले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताए।

‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’

नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा आज आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताउनुभयो ।

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उहाँले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गर्नुभयो ।

तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उहाँले बताउनुभयो ।

“जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ । विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभई जिल्लाको सर्वाङ्गिण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो ।

जिल्लाले विकासको काँचुली फेर्ने अवस्थापमा रहेको छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागि रहेका छौँ ।”

सबै ग्रामीण क्षेत्रमा सडक पु¥याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उहाँले बताउनुभयो । खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उहाँले बताउनुभयो ।

विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उहाँले बताउनुभयो । खेलको विकासका लागि देशले सदैव सहयोग गर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *