देशभर तोकिए मतदानस्थल, हेर्नुहोस् तपाईंको मतदान हुने ठाउँ

काठमाडाैं । आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि देशभरका मतदानस्थल तय गरिएको छ।

निर्वाचन आयोगले सोमबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल तोकेको हो। मतदातालाई पायक पर्ने गरी मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

देशभरका मतदानस्थलको विवरण:

मधेसको राजनीति बदलियो, धमाधम एमाले प्रवेश गर्नेको लहर चल्दै

मधेसमा अघिल्लो संसदीय निर्वाचनमा एमालेलाई गाह्रो परेको थियो । २०७४ सालमा एमाले उक्त प्रदेशमा पाँचौं दलमा सीमित हुन पुग्यो ।

तर, त्यस बेला विरोध गर्ने मधेस केन्द्रित दल मात्रै होइन, कांग्रेस र माओवादीकै कतिपय नेतालाई एमालेले आफूतिर तानेको छ। त्यति मात्रै होइन, मधेसको राजनीतिक परिस्थिति नै बदलिएको छ। एमाले स्थानीय निर्वाचनबाट दोस्रो ठूलो दल देखिएको छ ।

एमाले प्रचार विभाग सचिव गगन विष्ट उक्त प्रदेशबाट ठूलो संख्यामा आफ्नो पार्टीमा प्रवेश भइरहेको दाबी गर्छन् । मधेसवादी दलका साथै माओवादीबाट एमालेमा प्रवेश गर्ने लहर नै चलेको उनको दाबी छ ।

देशभर १ लाख २५ हजारभन्दा बढी एमालेमा प्रवेश भइरहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मधेसमा रहेको जनाइएको छ । उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जिल्ला पार्टी प्रवेश गराएका छन् ।

उनले लोसपा नेता उमाशंकर अगरियालाई जनकपुर पुगेर पार्टीमा स्वागत गरे । जसपाका अमृता अग्रहरी, रुही नाज, धनुषा कांग्रेसका पूर्वउपसभापति सन्तोष यादव, जसपाकै निवर्तमान प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव

र डा. रिना यादव, केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्वराज्यमन्त्री अरविन्द साह पनि एमाले प्रवेश गरेका छन् । लोसपाका निवर्तमान प्रदेश सांसद प्रह्लाद गिरी, माओवादी केन्द्रका प्रदेश सदस्य शंकर महतो एमालेमा गएका छन् ।

हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट प्रतिनिधिसभा सदस्य भएका वृजेशकुमार गुप्ता पनि एमालेमा गएका छन् ।

जसपा नेता पूर्वमन्त्री खोभारी राय, माओवादी केन्द्र केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामसिंह यादव, लोसपा महासचिव एवं गौर नगरपालिका पूर्वमेयर अजयकुमार गुप्तालाई एमालेले भिœयाएको छ ।

जसपाकै नेता हेमराज राईसहित चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनील राई पनि एमाले प्रवेश गरेका छन् ।

एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव एमालेमा गर्न अझै धेरै लाइनमा रहेको दाबी गर्छन् । ‘धेरै लाइनमा छन्। पर्खिनुस्, दुई–चार दिनमा कति हुन्छन् ?’, नेता यादव भन्छन् । केपी शर्मा ओली तीन वर्ष सरकारमा रहँदा मधेसमा गरेका कामका कारण प्रवेशको लहर चलेको यादव बताउँछन् ।

‘केपी शर्मा ओलीको तीन वर्षको कार्यकालमा मधेसमा चमत्कारिक ढंगबाट विकासका काम भए । तर, गठबन्धनको सरकार आएपछि ती सबै ठप्प भए’, उनी भन्छन्, ‘अनि मधेसका जनतालाई लाग्यो कि काम गर्ने पार्टी त एमाले नै रहेछ । यसमा पो जानुपर्ने रहेछ। यसैबाट प्रभावित भएर धेरै एमाले प्रवेशको लहर चलेको हो’, उनी भन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *