राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने, कस्तो पोशाकमा जाने शितलनिवास ?

काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई बडादशैँको टीका लगाइदिने भएकी छिन् ।

उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादशैँको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

विजया दशमीका दिन दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय गरिएको बताइएको छ ।

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।

लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

लोकसेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ । आज बिहीबार आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २९४ मा लोकसेवा आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम आर्थिक वर्ष २०७८÷०७९ को लोक सेवा आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *