दलित साझा मञ्च गुल्मीद्वारा पत्रकारलाई सम्मान

काैरव खत्री
गुल्मी। दलित साझा मञ्च गुल्मीले नेपाल पत्रकार महासंघ गुल्मीका नवनिर्वाचित पदाधिकारीहरुलाई समेत सम्मान गरेको छ। सोही अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका नवनिर्वाचित अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष सीता भण्डारी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ जिल्ला सचिव प्रेम सुनार, सहसचिव तेजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष कौरव खत्री, सदस्य हुमकान्त पोख्रेल रमेश विश्वकर्मा, डिबी खड्का लगायतलाई सम्मान गरेको थियो।

साेही अवसरमा नवनिर्वाचित अध्यक्ष अर्यालले समाजमा पछाडी परेको समुदायलाई प्राथमिकतामा राखि अझ सशत्त रुपमा कलम चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। सचिव प्रेम सुनारले साझा मञ्चले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

दलित साझा मञ्चका उपाध्यक्ष रोम विश्वकर्माले संविधानले दलितहरुलाई कानूनी अधिकार दिए पनि अहिले पनि जातीय विभेद र असमानता रहेको उल्लेख गर्दै यसलाई चिर्नेका लागि पत्रकारिता मार्फत दरिलो गरि पस्कीन आग्रह गर्नुभयो।

दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले जातीय विभेद अहिले पनि राष्ट्रिय समस्या बन्न नसकिरहेको बताउनुभयो। यसका विरुद्ध निष्पक्षताका साथ शशत्त रुपमा समाचार सम्प्रेषण गरि समाज परिवर्तनमा सहयोग पुर्याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो। कार्यक्रमको सञ्चालन दल बहादुर विश्वकर्माले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published.