कांग्रेस र माओवादीकाे भाग पक्का, माधव नेपाललाई झट्का !

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन सीट बाँडफाँटको पेचिलो विषयलाई करिब किनारा लगाउने स्थितिमा आइपुगेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि एमालेविरुद्ध वृहत् चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका यी दलहरूबीच लामो छलफलपछि सीट बाँडफाँटको कुरा मिल्ने चरणमा पुगेको हो । यद्यपि, उपेन्द्र यादव, माधव कुमार नेपाल र चित्रबहादुर केसीको पार्टीले पाउने सीटको अझै टुङ्गो लाग्न सकेको छैन ।

गठबन्धनभित्र थोरै–थोरै भाग पाउने सूचीमा रहेका यी दलहरू आफ्नो बार्गेनिङ पावरलाई कायमै राखिरहेका छन् । तै पनि भनेजस्तो सीट हात लाग्ने कुरामा निकै कठिन देखिन्छ ।

बिहीबार राति भएको सत्ता गठबन्धन दलहरूको छलफलबाट नेपाली कांग्रेसलाई ८४ र नेकपा माओवादीलाई ४४ सीट प्राप्त हुने करिब निश्चित भएको छ । स्रोतका अनुसार कांग्रेसले ८४ सीट लिने अन्तिम सहमति भएको छ ।

एकीकृत समाजवादीलाई १६ सीट दिने सहमति भएको बताइएको छ । तर, सो पार्टीका अध्यक्ष माधव नेपालले छलफल नै छोडेर हिँडेकाले सो कुरा टुङ्गो लाग्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *