माधव नेपालले कारागारमै पुगेर भेटे रेशम चौधरीलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरीसँग भेट गरेका छन् । शुक्रबार डिल्लीबजार कारागार पुगेर अध्यक्ष नेपालले नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरीलाई भेटेका हुन् ।

अध्यक्ष नेपालका अनुसार भेटमा चौधरीले आफूमाथि राजनीतिक व्यवहार नरिएको गुनासो गरेका थिए । सरकारले छाड्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिएको चौधरीको दुखेसो थियो ।

कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्या न जाने गरी भएको घट -नाका मुख्य योजनाकार मानिएका चौधरीले डिल्लीबजारस्थित कारागारमा सजाय काटिरहेका छन् ।

निर्वाचन आयोगको निर्णयप्रति प्रेस चौतारीको आपत्ति, नसच्याए शसक्त प्रतिवाद गर्ने चेतावनी

प्रेस चौतारी नेपालले आसन्न निर्वाचन लक्षित निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति आपत्ति जनाएको छ । चौतारी अध्यक्ष गणेश बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको हो ।

‘आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर अत्यन्तै आपत्तिजनक काम गरेको प्रेस चौतारी नेपालको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेना, नेपाल प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवम् प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरी आयोगले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको चौतारीको आरोप छ ।

उल्लेखित विषय निर्वाचन आयोगको क्षेत्रधिकारभन्दा बाहिरको बिषय भएको जनाउँदै चौतारीले भनेका छ, ‘यस्तो कामले निर्वाचन आयोग स्थापित मुल्य, मान्यता र कानूनी राजभन्दा बाहिर जान खोजेको देखिएको छ । जुन लोकतान्त्रिक मुलुकमा कल्पना गर्ने बिषय होइन ।’

सञ्चार माध्यममा संप्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपाल भएको पनि चौतारीले स्पष्ट पारेको छ ।

‘प्रेस काउन्सिलको अधिकार खोसेर निर्वाचन आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने कामले निरंकुश राजतन्त्रकालिन झल्को दिएको प्रेस चौतारी नेपालको ठहर छ,’ विज्ञप्तिमार्फत चौतारीले भनेको छ, ‘हामी निर्वाचन आयोगलाई यस्तो गलत र आपत्तिजनक निर्णय तत्काल सच्याई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न हार्दिक आग्रह गर्दछौं ।’

आयोगले आफ्नो गलत र आपत्तिजनक निर्णय नसच्याए शसक्त प्रतिवाद गर्दै अवज्ञामा उत्रने चेतावनी प्रेस चौतारी नेपालले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *