पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् असाेज ३० गते आइतबारकाे राशिफल !

मेष राशि : रोकिएका काम पुरा हुनेछन् । सुख मिल्नेछ। नोकरीमा उच्च अधिकारीको खुशी मिल्नेछ। आँखा सम्बन्धी समस्याले सताउन सक्छ।

वृष राशि : ब्यापार ब्यवसाय राम्रो रहनेछ । आम्दानी हुनेछ, खर्च बढ्ने कारण तनाव हुनेछ, परिवारका सदस्यहरूले तपाईबाट केहि अपेक्षा गर्नेछन्।

मिथुन राशि  : प्रतिष्ठा बढ्नेछ। भाग्यले साथ दिनेछ। आज साथीभाइसँग रमाइलो हुनेछ। खर्च पनि बढ्नेछ तर त्यसमा धेरै चिन्ता नगर्नु होला ।

कर्कट राशि : सेयर बजारमा जोखिम नलिनुहोस् कुनै पनि प्रकारको व्यापारमा संलग्न हुनुहुन्छ भने सावधानी अपनाउनुहोला अन्यथा घाटाको उच्च सम्भावना छ ।

सिंह राशि : नयाँ वस्त्र प्राप्त हुनेछ। कुनै ठुलो काम भयो भने खुशी हुनुहुनेछ, तपाईको जीवनमा नयाँ कोही आउन सक्छ, तर त्यो भन्दा पहिले पुरानो प्रेमीकाको सम्झनाबाट बाहिर आउनु पर्छ।

कन्या राशि : व्यापार राम्रो रहनेछ। कार्यालयमा काम कम हुनेछ र सहकर्मीहरूसँग राम्रो समय बिताउनुहुनेछ। जोखिम मोल्ने हिम्मत जुटाउन सकिनेछ ।

तुला राशि : कुनै ठूला काम गर्ने योजना बन्न सक्छ।स्वास्थ्यको दृष्टिले आजको दिन चुनौतीपूर्ण रहने सम्भावना छ। पेटसँग सम्बन्धित समस्याले सताउन सक्छ।

वृश्चिक राशि : अत्यावश्यक वस्तु समयमा नपाउँदा मन खिन्न हुनेछ । अनावश्यक कुरामा ध्यान नदिनुहोस् कार्यस्थलमा केही विवाद हुन सक्छ।

धनु राशि : घरबाहिर सोधपुछ हुनेछ । जोखिम मोल्ने हिम्मत जुटाउन सकिनेछ । डिजिटल मार्केटिङ , सञ्चारमाध्यम ,पत्रकार लगायतका संस्थासँग सम्बन्धित व्यक्तिहरुका लागि आजको समय अनुकुल रहनेछ ।

मकर राशि : कसैको प्रलोभनमा नपर्नुहोस्। व्यस्तता रहनेछ, केही दिनदेखि कुनै कुराको प्रतिक्षामा हुनुहुन्थ्यो भने आज त्यसको शुभ समाचार प्राप्त हुनेछ ।

कुम्भ राशि : पदोन्नतिको प्रयास सफल हुनेछ। रोजगारीमा वृद्धि हुने सम्भावना छ । स्वास्थ्य कमजोर रहनेछ। दिनको सुरुवात त्यति राम्रो रहनेछैन र मन अशान्त रहनेछ।

मीन राशि :  यात्रा सुखद रहनेछ। विवाहित व्यक्तिहरूको जीवन नीरस हुने सम्भावना छ र तपाइँको आफ्नो जीवनसाथीसँग सम्बन्धविच्छेदको सम्भावना पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *