यस्तो छ, तपाईंको प्रदेशको समानुपातिक मतपत्र

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० प्रतिनिधि सभा सदस्यका लागि एउटा र बाँकी सात प्रदेश अलग-अलग वास्तविक मतपत्रको नमुना सार्वजनिकका गरेको हो।

प्रदेश १ को समानुपातिक मतपत्र:

मधेश प्रदेशकाे समानुपातिक मतपत्र

बागमती प्रदेशकाे समानुपातिक मतपत्र

गण्डकी प्रदेशकाे समानुपातिक मतपत्र

लुम्बिनी प्रदेशकाे समानुपातिक मतपत्र

कर्णाली प्रदेशकाे समानुपातिक मतपत्र

सुदूरपश्चिम प्रदेशकाे समानुपातिक मतपत्र

गच्छेदार सहित आठ नेताको उम्मेदवारी खारेज नहुने 

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदार सहित आठ जनाको उम्मेदवारी बदर गर्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ।

अधिवक्ता अनिल आचार्यले गच्छेदार सहित आठ नेताको उम्मेदवारी खारेजको माग गर्दै असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा गच्छेदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ (युद्ध विक्रम तामाङ), टेकबहादुर गुरुङ र लक्ष्मी महतो (रेवतराज पुरी) उम्मेदवारी खारेजका लागि आदेश माग गरेका थिए।

उनीहरू विरुद्ध विभिन्न मुद्दा विचाराधिन रहेको तथा विभिन्न आरोप लागेको जिकिर गरिएको थियो। जसले गर्दा उनीहरूले चुनाव लड्न पाउनु नपर्ने आचार्यको जिकिर थियो।

त्यसमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेजको आदेश दिएको हो। योसँगै आठै जनाको उम्मेदवारी यथावत रहने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *