काठमाडाैंमा जाडाे बढ्याे

काठमाडौं। पछिल्लो दिनहरुमा तापक्रम घटेसँगै काठमाडौं उपत्यकामा चिसो महसुस गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा चिसो महसुस गरिएको हो ।

मंगलबार यहाँको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहेकोमा बुधबार २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । पछिल्लो दिनहरुमा यहाँको न्यूनतम तापक्रम भने १२ डिग्री सेल्सियसको हाराहारी रहेको छ ।

आजको अधिकतम तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

महाशाखाले आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *