प्रधानमन्त्रीकै जिल्लामा कांग्रेसले गर्‍यो चुनाव बहिष्कार, देउवासँग मात्रै वार्ता गर्ने !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिष्कारको निर्णय गरेको छ ।

भागेश्वर गाउँपालिका ५ को समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । बहुमतबाट निर्णय गरिउको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् ।

“मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,”

विज्ञप्तिमा भनिएको छ, “साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्लास्तरका कुनै पनि कांग्रेसका नेताहरूसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ ।”

दोलखा कांग्रेसका नेता आचार्य एमालेमा प्रवेश, पार्वत गुरुङले गरे स्वागत

नेपाली कांग्रेस दोलखाका क्षेत्रीय नेता कुलदेब आचार्य नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस दोलखाका क्षेत्रीय समितिका सदस्य रहेका आचार्य शनिबार एमालेमा प्रवेश गरेका हुन् ।

काडमाडौंमा आयोजित नेकपा एमाले बुलुङ–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठकमा पार्टी पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गरुङले आचार्यलाई पार्टीमा स्वागत गरे ।

कांग्रेस नेतृत्वको कार्यशैली र गठबन्धनप्रति असहमति जनाउँदै कांग्रेस परित्याग गरेको आचार्यले बताएका छन् । गठबन्धन सरकारको पालामा बढेको महङ्गी र भ्रष्टाचारबाट देशको ढुकुटी बाँडचुँड खान नेताहरुले गठबन्धन गरेको प्रमाणित भएको उनको भनाइ छ ।

आफ्नो सिद्धान्त र विचारलाई तिलाञ्जली दिँदै प्रचण्डको इसारामा कांग्रेस हिँड्न थालेपछि पार्टी त्याग्न बाध्य भएको आचार्यले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *