हिमानी र बालेन साहको तस्वीर सार्वजनिक, सामाजिक सञ्जालमा अनेक चर्चा !

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह र काठमाडौंका मेयर बालेन साहको संयुक्त तस्वीर सार्वजनिक भएको छ । बालेन आफैले आइतबार फेसबुकमार्फत हिमानीसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।

उनको तस्वीरलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । तस्वीर सार्वजनिक भएपछि अनेकखाले टिकाटिप्पणी भइरहेका छन् ।

नेपाल समाजवादी पार्टीद्वारा चुनावी घोषणापत्र सार्वजनिक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लािग घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ ।

यस्तै संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपिल गरिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बताए ।

घोषणापत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ भने राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *