माओवादी केन्द्रका तीन सहित ५५० को उम्मेदवारी खारेज (नामावली)

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट उम्मेदवारी दिएका ५५० जनाको नाम रद्द गरेको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलका उम्मेदवारहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको छ। माओवादी केन्द्रका अमलकुमारीदेवी मुखिया, शान्ति देवी मण्डल र उरमिला देवी कोइरनको नाम खारेज भएको छ।

जसको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेज भयो

जसको प्रदेश सभा सदस्यको उम्मेदवारी खारेज भयो

कसैले आचारसंहिता उल्लंघन गरेमा टोल फ्री नम्बरमा फोन गर्नुहोस्: निर्वाचन आयोग 

कसैले निर्वाचन आचारसंहिता उल्लंघन गरेमा मौखिक, लिखित वा सामाजिक सञ्जालबाट उजुरी दिन निर्वाचन आयोगले आग्रह गरेको छ।

उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरीकाले उजुरी दिन सक्ने आयोगले जनाएको छ। सहज रूपमा उजुरी दिन पैसा नलाग्ने टोल फ्री नम्बर ११०२ मार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

कुनै पनि व्यक्तिले निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष उजुरी दिन सक्नेछन्।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम उजुरी दिंदा आधार, कारण र सो सम्बन्धी कुनै प्रमाण भए त्यो पनि संलग्न गरिदिनुपर्नेछ।

कसैले आचारसंहिता उल्लंघन गरेमा मौखिक रूपमा वा विद्युतीय माध्यमबाट समेत उजुरी दिन सकिनेछ। उजुरीकर्ताको नाम गोप्य राखिने आयोगले जनाएको छ।

आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *