निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित (सूची)

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची आज प्रकाशन गरेको हो ।

उक्त सूची आयोगको वेबसाइटमा प्रकाशन गरिएको जनाइएको छ । प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार १९९ उम्मेदवार रहेका छन् ।

यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं. १ को लागि ६१६ जना, मधेश प्रदेशको लागि ८६३ जना, बागमती प्रदेशको लागि ७५४ जाना, गण्डकी प्रदेशको लागि ३४४ जना, लुम्बिनी प्रदेशको लागि ५७९ जना, कर्णाली प्रदेशको लागि २०० जना र सुदुरपश्चिम प्रदेशको लागि ३५२ जना उम्मेदवारहरु रहेका छन् ।

समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरुको नाम आयोगले सूचीबाट हटाएको छ ।

उक्त प्रणालीतर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६ हजार ४५७ जना उम्मेदवारहरू रहेका थिए ।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: प्रदेश नं १ सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: मधेस प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: बागमती प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: गण्डकी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: लुम्बिनी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

 

प्रदेश सभा: सूदुरपश्चिम प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *