एकजना यात्रु मात्रै लिएर उड्यो बुद्ध एयरको जहाज

काठमाडौं । बुद्ध एयरको एक विमानले काठमाडौंबाट विराटनगरसम्म एकजना यात्रुलाई मात्र सेवा दिएको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एयरको विमानमा एक व्यवसायी उद्धव पौडेल मात्रै यात्रु थिए ।

उडानमा एक जनामात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौंबाट विराटनगर गएको हो । पौडेलले विमानमा आफु एकल यात्रु भएको र रोमाञ्चक अनुभव गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलले भनेका छन्ः

काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव ।

प्रधानमन्त्री, मन्त्रीहरुले निर्वाचन प्रचार प्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने

निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्री तथा प्रदेशमन्त्रीहरु चुनाव प्रचार प्रसारमा जाँदा आयोगको स्वीकृति लिनुपर्ने बताएको छ ।

बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र मन्त्री तथा सार्वजनिक पदमा रहेको व्यक्तिहरुले प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पदमा रहेका व्यक्हिरु प्रचार प्रसारमा जाँदा सरकारी सवारीसाधन भने प्रयोग गर्न नपाइने बताए ।

उम्मेदवार तथा दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खण्डमा कारबाहीका लागि स्थानीय तहलाई नै अनुमति दिइएको पनि आयुक्त थपलियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *