घट्यो डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।

मंगलबारको तुलनामा आज डलरको भाउ घटेको छ। मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ६७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ८७ पैसा र बिक्रीमा २८ रुपैयाँ पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २२ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८१ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *