अब सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने

काठमाडाैं । आजदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घण्टा अगाडि नै बन्द हुने भएको छ।

गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी गरेको थियो। उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ।

कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहनेछ। यसअघि साढे ५ सम्म कार्यालय समय थियो।

गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर उक्त निर्णय असार २ गते राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो।

प्रधानमन्त्री, मन्त्रीहरुले निर्वाचन प्रचार प्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने

निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्री तथा प्रदेशमन्त्रीहरु चुनाव प्रचार प्रसारमा जाँदा आयोगको स्वीकृति लिनुपर्ने बताएको छ ।

बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र मन्त्री तथा सार्वजनिक पदमा रहेको व्यक्तिहरुले प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पदमा रहेका व्यक्हिरु प्रचार प्रसारमा जाँदा सरकारी सवारीसाधन भने प्रयोग गर्न नपाइने बताए ।

उम्मेदवार तथा दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खण्डमा कारबाहीका लागि स्थानीय तहलाई नै अनुमति दिइएको पनि आयुक्त थपलियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *