रवी लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी ‘वाचापत्र’ सार्वजनिक, के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।

पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयाेजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दलले सार्वजनिक गरिसकेका छन् ।

रवि लामिछाने भन्छन्- संसदमा जान तम्तयार छौं

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए ।

आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।

उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबी समेत गरे । जसले देशका बेथिति अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलीन गरिदिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *