यस्तो छ रवि लामिछानेको पार्टीको राजनीतिक दर्शन र प्रतिबद्धता

काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनउत्तरदायी प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मानसहितको संवैधानिक समाजवादमा जोड दिएको छ । सोही दिशामा मुलुकलाई अघि बढाउने सो पार्टीले प्रतिबद्धता जनाएको छ ।

सो पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा प्रतिबद्धता जनाएको छ ।

स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । बिहीबार सो पार्टीको सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र)मा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो ।

वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ ।

यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *