काठमाडौं ५ : एमाले उम्मेदवार ईश्वर पोखरेलकाे प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट आफू विजयी भएपछि गर्ने मुख्य–मुख्य कामको सूचीसहित उनले आफ्नो लिखित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले ‘राष्ट्रिय स्वाधीनता र सर्वाङ्गिण विकासका लागि सूर्य चिह्नमा मतदान गरौँ’ नाराका साथ आफ्ना मतदातासमक्ष महत्वपूर्ण २८ वटा प्रतिबद्धता जनाएका छन् । उनले शान्ति, लोकतन्त्र, सधीनता र स्वाभिमान, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको मुल अभियान भएको बताएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार केन्द्र प्रदेश र स्थानीय तहमा नृकपा एमालेको सरकार हुनुपर्नेमा जोड दिँदै उनले नेकपा एमालेले देखेको विकासका सपना र अधुरा काम सम्पन्न गर्न मंसिर ४ पछि संघ र प्रदेशमा समेत नेकपा एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका छन् ।

साथै निर्वाचन क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरूमा स्तरवृद्धि गर्दै आर्थिक र सामाजिक रुपमा निर्वाचन क्षेत्रलाई अब्बल बनाइने उनको प्रण छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका उममेदवार पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै व्यक्त प्रतिबद्धताअनुरुप नै आफू अगाडि बढ्ने बताए । आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन मतदातासमक्ष प्रतिवद्धतापत्र सार्वजनिक गरेको उनको भनाइ छ ।

‘यो ठाउँका चिरपरिचित साथी हामी छौँ,’ उम्मेदवार पोखरेलले भने, ‘नेकपा एमाले र मैले यो क्षेत्रको विकासका कामलाई निरन्तरता दिन र अधुरो कामलाई पूरा गर्न चाहेका छौँ । फेरि पनि यो क्षेत्रबाट देश विकासमा अगाडि बढ्न चाहान्छौँ ।’ निर्वाचन क्षेत्रबारे मसिनोगरी ज्ञान नराख्ने व्यक्तिबाट विकास निर्माण असम्भव रहेको पोखरेलको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *