यस्तो छ रवि लामिछानेको पार्टीको ‘वाचा पत्र’ : (पूर्ण पाठसहित)

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयाेजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दलले सार्वजनिक गरिसकेका छन् ।

स्वतन्त्र पार्टीले पार्टीले स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्त बाचा पत्रमार्फत ल्याएको छ । रविको पार्टीले घोषणापत्रमा २३ वटा बाचा गरेको छ ।

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको बाचापत्रमा चालन ‘सुशासन : जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागु गर्ने बताएको हो ।

बाचा पत्रमा लेखिएको छ, ‘निर्धारित समय भित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गरिनेछ ।’ स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपुर्ति दिने समेत उल्लेख गरेको छ ।

यस्तै सरकारी कामकाजको लागि भर्नुपर्ने कागजातहरु सरकारी कार्यालयमै निःशुल्क भर्ने व्यवस्था गराउने, कर्मचारीहरुको आधारभूत आवश्यकता सरकारले पूर्ति गर्ने लगायतका विषय बाचापत्रमा उल्लेख छ ।

हेर्नुस् घोषणापत्रको पूर्ण पाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *