उम्मेदवारलाई गाउँ प्रवेशमा रोकः ‘नो रोड नो भोट’ भन्दै वडाध्यक्षको नेतृत्वमा निस्कियाे जुलुस !

सर्लाही । कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवारलाई गाउँ प्रवेश गर्न निशेध गरेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेनाका स्थानीय युवाले ‘नो रोड नो भोट’ भन्दै उम्मेदवार र तिनका नेतालाई गाउँ प्रवेशमा रोक लगाएका हुन।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचार प्रसार गर्न थालेपछि युवाहरुले ‘नो रोड नो भोट’ को अभियान सुरु गरेका हुन। उनीहरु हुलाकी राजमार्गमा ढाट राखेर वसेका छन् ।

टायर बालेर विरोध प्रदर्शन गरिरहेका उनीहरुले हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोश ब्यक्त गरिरहेका छन । प्रदर्शनको नेतृत्व कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले गरेका छन् ।

सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।

जुम्लामा हेलिकोप्टरमार्फत् ल्याइयो मतपत्र

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ ।

सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले २ पटकमा मतपत्र ल्याएको बताए ।

गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण कर्णाली राजमार्ग अबरुद्ध भएपछि हेलिकोप्टरमार्फत् मतपत्र ल्याइएको परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । स्थानीय तहको निर्वाचनका लागि भने मतपत्र ट्रकमार्फत् ल्याइएको थियो ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एक लाख ५१ हजार मतपत्र ल्याइएको छ । जसमध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र ल्याइएको हो ।

साथै, प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ७६ हजार र प्रदेशसभा (क) का लागि ४२ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र ल्याइएको हो । जिल्लामा रहेका ६८ हजार ६३८ मतदातामध्ये प्रदेश (क) मा ३६ हजार ७८३ र प्रदेश (ख) मा ३१ हजार ८५५ छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *