देउवा गए डडेलधुरा, ओली धनगढीतिर…. !

धनगढी । आसन्न निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरू धनगढी आउन थालेका छन् ।

प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी आएका थिए । बिहीबार उनी चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरा गएका छन् ।

आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली धनगढी आउन लागेका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा ओली धनगढी आउन लागेका हुन् । ओली आज साँझ धनगढी आइपुग्ने र शुक्रबार बिहान दार्चुला जाने कार्यक्रम छ ।

ओलीले शुक्रबार बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी शुक्रबार नै दिउँसो २ बजे बैतडी र अपराह्न ४ बजे कञ्चनपुरमा पार्टीको चुनावी अभियानमा सहभागी हुने बताइएको छ ।

बिहीबारदेखि चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । त्यससँगै दल र नेताहरू चुनावी सभामा केन्द्रित भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *