श्वेता–विजयन्द्र दम्पतीले यस्ताे जुराए छोरीको नाम ! के हाे नामकाे अर्थ ?

काठमाडौं । मंगलबार पुत्रीलाभ गरेका अभिनेत्री श्वेता खड्का र विजयन्द्रसिंह रावत दम्पतीले आफ्ना छोरीको नाम जुराएका छन् ।

उनीहरूले आज बिहीबार छोरीको नाम जुराएका हुन् । जुन नाम जुराए त्यो पृथक र चर्चायोग्य पनि छ । श्वेता–विजयन्द्रले आफ्ना छोरीको नाम ‘ब्रायना’ राखेका छन् । जुन नाम धेरैका लागि नौलो, पृथक र उच्चारणमा समेत असजिलो लाग्न सक्छ ।

नेपाली शब्दकोषभन्दा धेरै टाढाको यो नाम आइरिस भाषाको हो । आइरिस भाषामा ‘ब्रायना’को अर्थ उच्च, नवीन र श्रेष्ठता हुन्छ ।

यो शब्दलाई अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गर्ने गरेको पाइन्छ । सोही नाम श्वेताले आफ्नी छोरीको राखेकी हुन् ।

मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *