गणेशको पूजा गरेर गगन थापाले सुरू गरे घरदैलो अभियान

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले गणेशको पूजा गरेर चुनावी घरदैलो अभियान सुरू गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले आज शुुक्रबार काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर ९ बुँदे प्रतिवद्धतापत्रसहित चुनावी घरदैलो कार्यक्रम सुरू गरेका हुन् ।

उनले आफू निर्वाचित भइसकेपछि आम जनतालाई निराश नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा प्रचार गर्न नपाउने 

चुनावी प्रचारको क्रम शुरू भएसँगै निर्वाचन आयोगले स्थानीय जनप्रतिनिधिले आ-आफ्नो दलको प्रचारमा सहभागी हुन पाउने व्यवस्था गरेको छ।

निर्वाचन आचारसंहिता अनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा चुनावी प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ। आयोगका अनुसार, स्थानीय जनप्रतिनिधिले आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन्।

त्यस्तै, संघीय र प्रदेश सरकार मन्त्रीले पनि चुनावी प्रचारमा सहभागी हुन पाउनेछन्। उनीहरूलाई आफू उम्मेदवार रहेको क्षेत्रमा चुनावी प्रचार गर्न रोकटोक लगाइएको छैन। तर, सरकारी साधनको प्रयोग गर्न पाउनेछैनन्।

यस बाहेक अन्य क्षेत्रमा चुनावी प्रचारका लागि जाँदा भने आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। संघीय सरकारका मन्त्रीले आयोगको केन्द्रीय कार्यालयबाट तथा प्रदेश सरकारका मन्त्री आयोगको प्रदेश कार्यालयबाट अनुमति लिन सक्ने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *