पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् कार्तिक २० गते आइतबारकाे राशिफल !

मेष राशि : नयाँ सम्झौता व्यापारमा लाभदायक हुनेछ। समयको दुरुपयोग नगर्नुहोस्। मिहिनेत गरेर लामो समयदेखि रोकिएको धन आर्जन हुनेछ । दिन खुसीसाथ बित्नेछ। सामाजिक क्षेत्रको विकास हुनेछ ।

वृष राशि : दिन अनुकूल रहनेछ। पारिवारिक जीवन उत्साहजनक रहनेछ। व्यापार व्यावसायमा लाभ हुनेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला । आकस्मिक धन प्राप्तिको सम्भावना पनि छ ।

मिथुन राशि : व्यापारमा अवरोध आउन सक्छ। बच्चालाई ध्यान दिन आवश्यक छ। दूरदृष्टि र बुद्धिका साथ काममा सफलता मिल्नेछ।

कर्कट राशि : तपाईले चाहेको काम पाउन सक्नुहुन्छ। दाम्पत्य जीवन सुखद हुनुका साथै काममा पनि दिन राम्रो रहनेछ। क्रोधलाई नियन्त्रण गर्नुहोस्। महत्वपूर्ण लाभको अवसर मिल्नेछ । तपाईको कामको समाजमा प्रशंसा हुनेछ ।

सिंह राशि : व्यापारमा लाभको अवसर मिल्नेछ। परिवार तथा समाजमा तपाईको महत्व बढ्नेछ । सुख-समृद्धि बढ्नेछ। बुद्धिमानी निर्णय लिनु लाभदायक हुनेछ। व्यापार प्रतिस्पर्धामा नपर्नुहोस्।

कन्या राशि : कला कार्यमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा अवसर मिल्नेछ । लाभको सम्भावना छ । तपाईंले नयाँ प्रस्ताव प्राप्त गर्नुहुनेछ। विवाहितहरूका लागि समय शुभ रहेको छ ।

तुला राशि : दिनको सुरुवात व्यस्तताले भरिपूर्ण रहनेछ। दाम्पत्य जीवनमा सुख मिल्न सक्छ। धार्मिक रुचि बढ्नेछ। हतार गर्नु हानिकारक हुनेछ। व्यापारमा नयाँ योजनाको थालनी हुनेछ ।

वृश्चिक राशि : तपाईंले व्यापारमा ऋण लिनुपर्ने हुन सक्छ। सक्रियता र निश्चितता अनुकूल परिणामको लागि आवश्यक छ। विशेष लाभका कारण मनमा प्रसन्नता रहनेछ। सन्तानको सुख मिल्नेछ।

धनु राशि : लामो समय पछि व्यापार राम्रो हुनेछ। परिवारबाट सहयोग मिल्नेछ । कार्यक्षेत्रको बृद्धिले सम्बन्ध र चिनजानको क्षेत्र बढ्नेछ । बोलीमा तितोपन आउन नदिनुहोस्।

मकर राशि : कार्यस्थलमा आफ्नो जिम्मेवारीमा विशेष ध्यान दिनुहोस्। पुँजीगत लगानी लाभदायक हुनेछ । पारिवारिक समस्या आउनेछ । रचनात्मक काम हुनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ ।

कुम्भ राशि : छोटो समयमा काम सम्पन्न हुनेछ। सामाजिक कार्यले सौभाग्य र प्रभाव बढ्नेछ। स्थायी सम्पत्ति प्राप्त गर्ने सम्भावना पनि छ। व्यापारमा नयाँ योजनाको थालनी हुनेछ ।

मीन राशि : आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुहोस्। सवारी साधन, घर आदि खरिदको योग हुनेछ। व्यापारिक काममा गरिएको यात्रा लाभदायी रहनेछ । सन्तानबाट सुखद समाचार मिल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *