क्यानडा गएर जीवन बिताउन चाहनेका लागि आयो खुशीको खबर !

काठमाडौं । के तपाईं क्यानडा जस्तो सुविधासम्पन्न देशमा गएर जीवन बिताउन चाहनुहुन्छ ? त्यसो भए तपाईंका लागि खुशीको खबर आएको छ ।

क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजना घोषणा गरेका छन् । उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउने छ ।

त्यस्तै सन् २०२४ मा चार लाख ८५ हजार र २०२५ सम्ममा पाँच लाख आप्रवासीसम्मलाई त्यस्तो अनुमति दिनेछ । यो भनेको क्यानडा सरकारको प्रारम्भिक लक्ष्यभन्दा करिब १३ प्रतिशतको वृद्धि हो ।

त्यसरी क्यानडाले आप्रवासीहरूलाई स्वागत गर्ने नीति लिनुको कारण क्यानडामा देखिएको कामदारको कमीलाई पूर्ति गर्नु हो ।

अहिले पनि क्यानडामा हजारौँ जागिर खुले पनि दक्ष जनशक्तिको अभावमा त्यसको पूर्ति हुन सकेको छैन । क्यानडाले विदेशीहरुलाई स्वागत गरिरहँदा अमेरिका र बेलायतले भने आप्रवासी नीति कडा पारेका छन् ।

घर–आँगनमै सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो ।

भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो ।

तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए ।

उनले भने, “हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवाआमाको दुःख अन्त्य भएको छ ।”

गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ ।

फक्ताङलुङ –२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागाईँले बताए ।

उनका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *