सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ काराेबार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार तोलाको ९३ हजार १०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको ९४ हजारमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर तोलाको एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जाल्पा सामुदायिक लघुवित्तले ७७ प्रतिशत लाभांश दिने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७६.८४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्तापुँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजसहित ३.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्तापुँजी १६ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *