विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमयदर

काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३१ पैसा

तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।

ट्विटरले झण्डै चार हजार कर्मचारी हटाएपछि एलन मस्कको चौतर्फी बिरोध

सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकालेका छन् ।

अघिल्लो हप्ताा ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ र सञ्चालक समिति भंग गरेर सबै अधिकार आफ्नो हातमा लिएका थिए । त्यसलगत्तै उनले कम्पनीमा कार्यरत झण्डै ४ हजार जना कर्मचारीलाई जागिरबाट निकालेका हुन् ।

मस्कले गरेको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । तर, ट्विटरले दैनिक चार करोड डलर घाटा बेहोरिरहेकाले कर्मचारी कटौती गर्नु आफ्नो बाध्यता रहेको बताएको छ । जागिरबाट निकालिएका सबै कर्मचारीलाई तीन महिनाको अतिरिक्त तलब दिइएको बताइएको छ ।

कर्मचारी निकाल्ने निर्णयको श्रम अधिकारवादीहरुले चर्को विरोध गर्दै मस्कलाई क्रुर धनाढ्यको आरोप लगाएका छन् ।

जागिरबाट हटाइएका कर्मचारीले ट्विटरमा गुनासो र आक्रोस पोख्दा उनीहरुलाई अपरिचित व्यक्तिबाट धम्की आइरहेको र त्यो काम मस्ककै योजनामा भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *