प्रचण्डपत्नी सीताको भेन्टिलेटरमा राखेर उपचार हुँदै, कस्ताे छ अवस्था ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।

नुवाकोट–१ मा राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छिन् ।

आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको र नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेको स्पष्ट पारिन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी सोही क्षेत्रकी न्यौपानेले भनिन्, ‘पार्टीका अध्यक्ष स्वयम् सूर्य चिह्नबाट चुनाव लडेको हुँदा, मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सूर्य चिह्न लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरूलाई समर्थन गर्दछु ।’

नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका तर्फबाट बद्री मैनाली उममेदवार छन् । यस्तै नुवाकोट–१ (क) मा सुशील कुमार खड्का र (ख) मा पूर्णलाल श्रेष्ठ उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *