जहाँ ओली, त्यहाँ जनलहर, हेर्नुस् कास्की, बागलुङ र स्याङ्जाका तस्वीरहरु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार तीन वटा जिल्लाका विशाल चुनावी सभालाई सम्बोधन गरेका छन् ।

बिहान जहाजमार्फत पोखरा पुगेका अध्यक्ष ओलीले सुरुमा पोखरा सभागृहमा कास्कीको सभालाई सम्बोधन गरे । कास्कीमा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमृुख खगराज अधिकारी लगायतका नेता उम्मेदवार छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा आज पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई कता लैजाने भन्ने कुनै गन्तव्य नभएको गठबन्धनलाई जिताउँदा विनाश भोग्नुपर्नेतर्फ सचेत गराए ।

अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘विकास रोज्ने कि विनाश ?, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान रोज्ने कि पराधीन बन्ने ?, राजनीतिक स्थिरता रोज्ने कि अस्थिरता ?’

मुलुकले राजनीतिक स्थिरताको बाटो समातिसकेको अवस्थामा केही तत्वले त्यो सहन नसकेर देशलाई अस्थिरतातिर धकेलेको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले २०७४ सालको निर्वाचनमा माओवादीसँग संयुक्त घोषणापत्रका आधारमा जनमत प्राप्त गरिसकेपछि सोही घोषणापत्र कार्यान्वयनमा लाग्नुपर्नेमा प्रचण्डले घोषणापत्र च्यात्नुका साथै

जनादेशविरुद्ध सरकार ढाल्ने षडयन्त्रमा लागेपछि आफूले ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट गर्दै राजनीतिक मुद्दामा अदालत गुहार्ने प्रतिगामी तत्वहरूले त्यसको गलत ढङ्गले व्याख्या गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *