काङ्ग्रेस लमजुङ दूधपोखरीका २२ जना युवा एमालेमा प्रवेश

लमजुङ । नेकपा एमाले युवा र देशप्रेमी पार्टी भएको भन्दै काङ्ग्रेस लमजुङ दूधपोखरी गाउँपालिकाका २२ जना युवा एमालेमा प्रवेश गरेका छन् ।

खुशी तामाङको नेतृत्वमा सागर, बमबहादुर, भिमाया, जमुना, सीमा, सरस्वती, शुरज, नरबहादुर, सन्तमान, मदन, सुरेन्द्र, किरण, सनिल, विजय, शम्सेर, विकास, नैने, टिकबहादुर, भिमबहादुर, काठेबहादुर, विकास र राजु तामाङसहितका युवाहरू एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमालेका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा निर्वाचन प्रदेश (क) का उम्मेदवार जमिन्द्रमान घलेलगायतले फुलमाला लगाएर पार्टीमा स्वागत गरे ।

युवाहरूलाई पार्टी प्रवेश गराउँदै उपमहासचिव गुरुङले देशभरी नै एमाले प्रवेश गर्नेमा युवाहरूको लहर चलिरहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *