एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमान(भिडियोसहित)

एजेन्सी । एक युवकले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ ।

एक मिनेटमा सबैभन्दा धेरैपटक ताली बजाएर कीर्तिमान कायम गर्ने व्यक्ति अमेरिकी नागरिक डाल्टन मेयर हुन् । उनले रेकर्ड कायम गर्नका लागि नाडीको ताली विधि प्रयोग गरेका थिए ।

उक्त विधिमा नाडी तथा औंलाको प्रयोग गरी दोस्रो हातको हत्केलामा ताली बजाउनु पर्दछ । उनले गत मार्चमा उक्त अनौठो रेकर्ड कायम गरेका थिए, जुन हालै मात्र गिनिज बुकले मान्यता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *