दिपक मनाङ्गे जसपा प्रवेश, डा. बाबुराम भट्टराईले गरे स्वागत

काठमाडाैं । प्रदेशसभा सांसद राजिव गुरुङ (दिपक मनाङ्गे)ले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेलगत्तै सम्पर्कविहिन भएर बसेका थिए । प्रदेश सभाको राजनितीमा प्रवेश गर्ने तयारी गरेदेखि हालसम्म एमालेलाई समर्थन गरिरहेका मनाङ्गेले बुधबार बाबुरामलाई भेटेपछि विपक्षी गठबन्धनलाई समर्थन गर्ने मानसिकता बनाएर फर्किएका हुन् ।

विपक्षी गठबन्धनलाई अर्थात् काँग्रेस नेतृत्वको नयाँ सरकार गठन गर्ने बिषयमा बुधबार दिउँसो पोखराबाट जसपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहईन्चार्ज रमेश पोखरेलसँग भट्टराईलाई भेट्न काठमाण्डौँ पुगेका हुन् ।

उनले बाबुरामलाई भेटेपछि एमालेको साथ छाडेर विपक्षी गठबन्धनलाई साथ दिने मानसिकता बनाएका कारण केही घण्टा सम्पर्कविहिन भएको स्रोतले जनाएको छ ।

स्रोतको भनाई पुुष्टि गर्दै सांसद मनाङ्गेले शुक्रबार दिउँसो आफुसँगै बाबुरामको फोटो सामाजिक सन्जालमा राखेर लेखेका छन्, ‘बाबुराम दाईसँगको भेटघाटको सार्थकता’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *