ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमाभइरहेको छ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९५ हजार ४०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० थियो ।

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर तोलाको एक हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

निक्षेप बढेपछि राष्ट्र बैंकको पैसा चलाउन छोड्दै बैंक

बैंकहरुको निक्षेप संकलन बढ्न थालेपछि उनीहरुले केन्द्रिय बैंकसँग लिने सापटी निरन्तर घट्न थालेको छ। दैनिक १ खर्ब रुपैयाँ माथिसम्म पुगेको यस्तो सापटी अहिले ७ अर्बको हाराहारीमा झरेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ।

केन्द्रिय बैंकको अनुसार कात्तिक २२ गते बैंकहरुले ७ अर्ब १९ करोड रुपैयाँ मात्रै स्थायी तरलता सुविधा लिएका छन्। गत एक साताको तथ्याँक हेर्दा पनि बैंकहरुले अधिकाँश दिन १० अर्बको हाराहारीमा मात्रै स्थायी तरलता सुविधा लिएका छन्।

दैनिक सापटी घटेसँगै रुाष्ट्र बैंकलाई तिर्न बाँकी कुल सापटी रकम पनि घट्दै गएको छ। २ खर्ब रुपैयाँभन्दा धेरैसम्म पुगेको यस्तो सापटी मंगलबारसम्ममा ८० अर्ब ६४ करोड रुपैयाँमा झरेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको कात्तिक २२ गतेसम्ममा नेपाल राष्ट्र बैंकसँग २७ खर्ब बढी सापटी चलाएका छन्। वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधा, ओभरनाइट रिपो, रिपो, आउटराइट पर्चेजलगायतका उपकरणहरुमार्फत उक्त सापटी लिएका हुन।

नेपाल राष्ट्र बैंकको अनुसार कात्तिक २२ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल २४ खर्ब ६३ अर्ब रुपैयाँ सापटी स्थायी तरलता सुविधामार्फत लिएका छन्। बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रका धितोमा अधिकतम ७ दिनको लागि राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिन पाउछन्। बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको १ प्रतिशत मात्रै यस्तो कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यसैगरी ओभरनाइट रिपोमार्फत ६८ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएका छन्। यो सुविधा बैंक तथा वित्तीय संस्थाले एक रातको लागि मात्रै लिन पाउछन्। बैंकहरुले दैनिक तरलता व्यवस्थापनको लागि यस्तो सुविधा लिने गर्छन। यसरी सरकारी ऋणपत्रको धितोमा सापटी लिँदा बैंक तथा वित्तीय संस्थाले साढे ८ प्रतिशत ब्याज राष्ट्र बैंकलाई तिर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *