न्यूजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडाैं । न्यूजिल्यान्डलाई हराउँदै पाकिस्तान आईसीसी पुरुष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

अस्ट्रेलियाको सिड्नीमा बुधबार भएको खेलमा पाकिस्तानले न्यूजिल्यान्डलाई सात विकेटले पराजित गरेको हो। न्यूजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले तीन विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको छ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र मोहम्मद हरीशले ३० रन बनाए। न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले दुई र मिचेल सन्टनरले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको न्यूजिल्यान्डले चार विकेटको क्षतिमा १५२ रन बनाएको थियो। न्यूजिल्यान्डका लागि डेरिल मिचेलले ५३, केन विलियमसनले ४६, डेविन कन्वेले २१ र जेम्स निशमले १६ रन बनाए।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई र मोहम्मद नवाजले एक विकेट लिएका थिए। अब दोस्रो सेमिफाइन खेल बिहीबार भारत र इङ्ल्यान्डबीच हुनेछ। फाइनल खेल कात्तिक २७ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *