अस्पताल भर्ना भएकी हिमानी शाहको अपरेशन सफल !

काठमाडौं । घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान शाहको टन्सिलको अपरेशन सफल भएको अस्पताल स्रोतले जनाएको छ।

घाँटीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हिमानीका शोकीय सचिव सागर तिमिल्सिनाले बताए ।उनका अनुसार हाल उनलाई भीआइपी कक्षमा राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

डोटी भूकम्पपछि ३०० परकम्प

डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् । आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *