ओलीले खुलाए जसपा र राप्रपासँग तालमेल गर्नुको भित्री कारण !

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल गरेको बताएका छन्।

शुक्रबार धरानको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले एक्लै नरहेको प्रमाणितका लागि तालमेल गरिएको बताएका हुन्।

‘कांग्रेस र माओवादीले एमाले एक्लै छ एक्लै छ भनेपछि त्यसो होइन भनेर देखाउनका निम्ति विदेशीको इशारामा नचल्ने पार्टीसँग हामीले तालमेल गर्‍यौं,’ ओलीले भने।

सत्ता गठबन्धनलाई उनले हुँडारको संज्ञा दिएका छन्। ‘गठबन्धनमा रहेका हुँडारहरूको जत्थाले चारतिरबाट सिध्याउन खोजे तर एमाले सिधिन्नेवाला छैन,’ ओलीले भने।

सत्ता गठबन्धनबाट बाहिरिएपछि एमालेले जसपासँग सहकार्य गरेको उनले बताए। एमालेसँगको सहकार्यपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने उनको भनाइ छ।

देशका सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र 

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ। निर्वाचन आयोगका अनुसार, बिहीबार प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ।

संघीय राजधानी काठमाडौं बाहेकका अन्य जिल्लामा बुधबार नै मतपत्र पुगेको थियो। बिहीबार राजधानीका निर्वाचन क्षेत्रमा मतपत्र पुगेसँगै देशका सबै निर्वाचन क्षेत्रमा पुगेको आयोगले जनाएको छ।

आयोगले चार प्रकारका मतपत्र छापेको छ। प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक प्रणालीको मतपत्र छापिएको हो।

आयोगका अनुसार, प्रत्यक्ष र समानुपातिक गरी आठ करोड मतपत्र छापिएका थिए। जसमा प्रत्यक्षतर्फ चार करोड र समानुपातिकतर्फ चार करोड छन्।

आगामी निर्वाचनमा देशभर १८ वर्ष उमेर पुगेका मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको छ। आगामी मंसीर ४ गते देशभर एकै पटक मतदान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *