एकै दिन १३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ कात्तिक । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ ।

बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९६ हजार सात सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १३ प्रतिशत बोनस शेयर रहेको छ भने १.५० प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश रहेको छ ।

कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *