मध्यरातमा एलओडी छिरे एमाले अध्यक्ष ओली (फाेटाे फिचर)

काठमाडौं। ४ मंसिरमा हुने निर्वाचनमा लागि चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) मा देखिएका छन् ।

एमालेको नयाँ चुनावी र्‍याप गीत सार्वजनिक गर्न मध्यरातमा अध्यक्ष ओली एलओडी पुगेका थिए । मध्यरातमा ओली पुग्दा क्लबका सयौँ युवाले ‘केपी बा’ को नारा लगाउँदै ओलीलाई स्वागत गरे ।

क्लबमा एमाले सरकारको पालामा भएको विकास निर्माण समेटिएको ‘गाउँ गाउँमा ओली, शहर शहरमा ओली’ गीत समेत सार्वजनिक गरिएको थियो ।

‘गाउँ गाउँमा ओली, शहर शहरमा ओली’ नाम दिइएको गीतमा ओलीले नागरिकता विधेयकमा लिएको अडान, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।

ओलीले गएरातीनै आफु एलओडीमा उपस्थित भएको र ऱ्याप गीत सार्वजनिक गरिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरिसकेका छन् । ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *