सुनकाे मूल्य बढेर ९७ हजार नाघ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुन आज ९७ हजार ३ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन प्रतितोलामा ९६ सय हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए सम्पन्न, स्वाप रेसियो १:१ कायम

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) सम्पन्न भएको छ ।

उक्त डीडीए मूल्यांकनअनुसार ग्लोबल आईएमई बैंकको र बैंक अफ काठमाडौंको सेयर स्वाप रेसियो १:१ कायम गर्ने निर्णय भएको हो ।

यी दुई बैंकबीच असार २ गते मर्जरमा जाने सम्झौता भएको थियो । त्यस्तै हाल यो बैंकको सेयर करोबार नेप्सेमा रोक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *